काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलानामा ९२.९४ प्रतिशत बढी हो । गत आर्थिक वर्ष कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ११७.०७ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ८४ करोड ९२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षमा कम्पनीको महाविपत्ती कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेण्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ९६ लाख रुपैयाँ खर्चिएको थियो ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी भने ५.०३ रुपैयाँले बढेर ९.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको छ ।