काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको यस्तो पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ थियो । पहिलो त्रैमासको तु्लनामा वाणिज्य बैंकहरूको तेस्रो त्रैमासमा आईपुग्दा चुक्ता पुँजी झण्डै १० अर्बले बढेको हो ।
चालु आवको (साउनदेखि चैत्र) अन्तयसम्म सबै भन्दा बढि चुक्ता पुँजी ग्लोबल आईएमई बैंक रहेको छ । बैकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र तेस्रो नम्बरमा नबिल बैंकको २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । तीन बैंकलाई पछयाउँदै चौथो नम्बरमा कुमारी बैंक रहेको छ । यो अवधिमा बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी दुई वाणिज्य बैंक प्रभु र लक्ष्मी बैंकबीच टकर चलेको देखिन्छ । यी दुई बैंकको चु्क्ता पुँजी २३ अर्ब माथि छ । तेस्रो त्रैमासमा प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख छ भने लक्ष्मी बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ । हिमालयन बैंकले यी दुई बैंकलाई पछाएको देखिन्छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा प्राइम बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ छ भने कुषि विकास बैंक र एनएमबि बैंकको प्रतिस्प्रदा भएको देखिन्छ । यी दुई बैंकको चुक्त पुँजी १८ अर्ब माथि रहेको छ । चालु आवको पहिलो त्रैमास देखि तेस्रो त्रैमाससम्मा आइ्र्रपुग्दा बैंकहरूको चुक्ता पुँजी बराबर छ ।
राष्ट्रिय वाणिज्य बैंकको पनि चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंकलाई पछाउँदै चार वाणिज्य बैंकको टकर चलेको देखिन्छ । एनआईसी एशिया, नेपाल बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकको चुक्ता पुँजी १४ अर्ब माथि छ । समिक्षा अवधिमा सानिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ भने एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकको चुक्ता पुँजी करिब १२ अर्ब पुराउने प्रतिस्प्रधा भएको देखिन्छ । एभरेष्ट बैंकको ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ भने माछापुच्छ्रे बैंकले पनि एभरेष्टलाई पछयाउँदै ११ अर्ब ६२ करोड १३ लाख चुक्ता पुँजी पुराएको हो ।
त्यसैगरी नेपाल एसआईबी बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड १ लाख रुपैयाँ छ भने अन्य बैंकको तुलनामा स्ट्रयाण्डर्ड चार्टड बैंकको चुक्ता पुँजी कम रहेको छ । बैंकको तेस्रो त्रैमाससम्म ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ । बैंकको चुक्त पुँजी गत आवको अन्तिम त्रैमासदेखि यो अवधिसम्म पनि कुनै घटबढ भएको छैन् ।