प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा २६ करोड ८९ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलानामा ३८.७५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १९ करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०२.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको अन्य प्रत्यक्ष आम्दानी १ करोड ९४ लाख ,लगानी तथा कर्जा आम्दानी ८४ करोड १७ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

कम्पनीको अन्य आम्दानी ९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ६२ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ८ करोड ७६ लाख र रिटेन्ड अर्निङ ५५ करोड ७५ लाख रुपैयाँबराबर रहेको छ ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.२९ रुपैयाँबाट घटेर ८.२५ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.३५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.३१ गुणा कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स