काठमाडौं । बुधबार, नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंक विन्दुमा आइपुगेको छ ।
आज ५८ लाख ७४ हजार कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, इन्फिनीटी लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
दोल्ती पावरको ९.९७%, समता घरेलु लघुवित्तको ९.६७%, ग्रामीण विकास लघुवित्तको ८.२१%, र्सिजनशील लघुवित्तको ७.४५%, माहुली लघुवित्तको ७.२०% लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।