विकास बैंकको नाफा १ अर्ब ६५ करोड, ८ विकास बैंकको नाफा घट्यो

काठमाडौं । विकास बैंकहरुले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १७ विकास बैंकहरुले १ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

जुन गत आवको सोही अवधिभन्दा ४५ करोड १० लाख रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमासमा १७ विकास बैंकहरुले १ अर्ब २० करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पहिलो त्रैमासमा ९ बैंकको नाफा बढ्दा ८ विकास बैंकको भने नाफा घटेको छ ।

नाफाको आधारमा मुक्तनाथ विकास बैंक पहिलो स्थानमा छ । मुक्तिनाथ विकास बैंकले पहिलो ३ महिनामा ३४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा बैंकको नाफा ५ करोड १४ लाख रुपैयाँले बढेको छ । गत त्रैमासमा बैंकको नाफा २९ करोड ४१ लाख रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंक २३ करोड ५ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा ७ करोड ७ लाख रुपैयाँले नाफा बढाएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको नाफा १५ करोड ९७ लाख रुपैयँ थियो ।

तेस्रो सर्वाधिक नाफा ज्योती विकास बैंकले गर्न सफल भएको छ । बैंकको नाफा २१ करोड ७८ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १३ करोड १५ लाख रुपैयाँ थियो ।

नारायणी डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा घटेको छ ।

विकास बैंकहरुको नाफा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स