एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५० लाख ६० हजार कित्ता सेयर २ अर्ब १४ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

इन्फिनीटी लघुवित्तको ८.४७%, समता घरेलु लघुवित्तको ७.४६%, सबैको लघुवित्तको ४.०४%, एनआईसी एसिया ग्रोथ फण्डको ६.८७%, आरम्भ चौतारी लघुवित्तको ६.५८%, साधना लघुवित्तको ६.१४%, नाडेप लघुवित्तको ५.५६%, ग्लोबल आईएमई लघुवित्तको ५.४५%, कालिका लघुवित्तको ५.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स