काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक १६.१८ अंकले घटेर १९५८.१९ अंक विन्दुमा आइपुगेको छ ।
आज ६९ लाख ७८ हजार कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३१ करोड ९८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको ९ करोड ८० लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ६५ लाख, गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।