सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४९ करोड ३६ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ११.०६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ७८ करोड रुपैयाँ बढी कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलानामा ३.७२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब २३ करोड, महाविपत्ति कोषमा १४ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीको सेयर प्रिमियम खातामा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ । समग्रमा कम्पनीको कोषको आकार १० अर्बभन्दा माथि पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २३.१५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९६ करोड पुगेको छ । गत आवमा कम्पनीको जीवन बीमाकोषमा ५ अर्ब ६५ करोड रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा ०.९८ प्रतिशतले कम हो।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ६०.५८ प्रतिशतले बढेर ६५ करोड २३ लाख रुपैयाँ पुगेपछि खुद नाफामा सुधार भएको हो । गत वर्ष यसले लगानी तथा कर्जाबाट ४० करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, यसको कुल दाबी भुक्तानी रकम पनि १ अर्ब १५ करोड २८ लाख रुपैयाँबाट घटेर ८५ करोड ३४ लाख रुपैयाँमा आएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ रहेको छ भने कम्पनीको सेयर प्रिमियममा १ अर्ब २६ करोड ७६ लाख रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी २०.५७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९४.११ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स