गरिमा विकास बैंकको ४ लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बेंकको आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले यसमा आज वैशाख २४ गतेबाट ३५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

उक्त अवधिसम्म संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स