काठमाडौं । आइतबार, नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ अंक विन्दुमा आइपुगेको छ ।
आज ९७ लाख ६२ हजार कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, दोल्ती पावरको ९.५६%, साधना लघुवित्तको ८.७२%, समता घरेलु लघुवित्तको ८.७२%, केबीएल डिभेन्चरको ४.०३%, नबिल ब्यालेन्स फण्डको ३.८९%, आरएसडीसी लघुवित्तको ३.७१%, थ्री स्टार हाइड्रोपावरको ३.७०%, सबैको लघुवित्तको ३.५२%, गणपति लघुवित्तको ३.३९%, कालिका लघुवित्तको ३.३४ प्रतिशतले सेयर मूल्य बढेको छ ।