वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीलाई ६ अर्ब ६५ करोड बोनस दिने, स्ट्यान्डर्ड चाटर्ड बैंकको सबैभन्दा धेरै, अन्य को ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि वाणिज्य बैंकहरुले आफ्नो कर्मचारीहरुका लागि ६ अर्ब ६५ करोडभन्दा बढी रकम छुट्याएका छन् । चालु आवको ९ महिनासम्ममा २० वटा वाणिज्य बैंकहरुले कर्मचारीलाई बोनस बाँड्नका लागि कुल ६ अर्ब ६५ करोड ८९ लाख २७ हजार रूपैयाँ छुटाएका हुन् ।

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् । बैंकका कर्मचारीहरूले बोनस समेत जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई अहिले सबैभन्दा आकर्षण जागीर मान्ने गरिन्छ । त्यसैले बैंकमा जागीर खानको लागि विद्यार्थी कालदेखि नै आफूलाई त्यहिअनुसार अभ्यास गराउँदै आएका पनि हुन्छन् ।

सबैभन्दा बढी बोनस दिने बैंकमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकले आफ्नो कर्मचारीलाई ३८ करोड ८४ लाख ३२ हजार रूपैयाँ बोनस दिने भएको छ । यो बैंकको कुल कर्मचारी खर्चको ४९.३४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च ७८ करोड ७२ लाख ६२ हजार रूपैयाँ रहेको छ ।

दोस्रोमा प्राइम बैंक रहेको छ । बैंकले आफ्नो कर्मचारीको लागि ४५ करोड ६८ लाख ६३ हजार रूपैयाँ बोनस छुटाएको छ । यो बैंकको कर्मचारी खर्चको ४२.४८ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ७ करोड ५५ लाख ६५ हजार रहेको छ ।

तेस्रोमा एभरेष्ट बैंक रहेको छ । बैंकले आफ्नो कर्मचारीलाई ४१ करोड ४० लाख ४२ हजार बोनस दिने भएको छ । यो कर्मचारी खर्चको ३१.८० प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ३० करोड २२ लाख १८ हजार रूपैयाँ रहेको छ ।

नबिल बैंकले कर्मचारीका लागि ७३ करोड ७१ लाख ७० हजार बोनस छुटाएको छ । यो बैंकको कर्मचारी खर्चको २४.४४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च ३ अर्ब १ करोड ६२ लाख ३५ हजार रूपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्मचारीलाई ५२ करोड ६ लाख ५३ हजार रूपैयाँ बोनस दिने भएको छ । यो बैंकको कर्मचारी खर्चको २३.९९ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब १७ करोड ३ लाख ७० हजार रूपैयाँ रहेको छ ।

एनएमबी बैंकले कर्मचारीका लागि ३५ करोड २९ लाख ८९ हजार रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको २१.६२ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ६३ करोड २८ लाख ४१ हजार रूपैयाँ रहेको छ ।

सानिमा बैंकले कर्मचारीका लागि २२ करोड २९ लाख ८५ हजार रूपैयाँ बोनस दिने भएको छ । यो बैंकको कर्मचारी खर्चको १८.८५ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब १८ करोड २८ लाख ३२ हजार रूपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकले ५० करोड ४५ लाख ५९ हजार रूपैयाँ बोनस छुटाएको छ । यो बैंकको कर्मचारी खर्चको १७.४७ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ८८ करोड ८२ लाख ९ हजार रूपैयाँ रहेको छ ।

सिटिजन्स बैंकले कर्मचारीलाई दिनका लागि २० करोड ८८ लाख ७८ हजार रूपैयाँ बोनस छुटाएको छ । यो बैंकको कर्मचारी खर्चको १६.८५ प्रतिशत हो । बैंकको  कर्मचारी खर्चको १ अर्ब २३ करोड ९६ लाख ३६ हजार रूपैयाँ रहेको छ ।

हिमालयन बैंकले ३३ करोड ४२ लाख ५२ हजार रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको १६.७९ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ९९ करोड ७ लाख ७० हजार रूपैयाँ रहेको छ ।

नेपाल एसबीआई बैंकले कर्मचारीका लागि १८ करोड ७६ लाख रूपैयाँ बोनस छुटाएको छ । यो कर्मचारी खर्चको १६.३८ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब १४ करोड ५५ लाख ४१ हजार रूपैयाँ रहेको छ ।

सिद्वार्थ बैंकले कर्मचारीका लागि २६ करोड ९८ लाख रूपैयाँ बोनस छुटाएको छ । यो कर्मचारी खर्चको १३.९४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ९३ करोड ५२ लाख रूपैयाँ रहेको छ ।

प्रभु बैंकले कर्मचारीलाई ३७ करोड ४४ लाख रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको १३.१६ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ८४ करोड ५५ लाख रूपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बेंकले आफ्नो कर्मचारीलाई ३७ करोड ६९ लाख ५६ हजार रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको १२.२४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च ३ अर्ब ७ करोड ९६ लाख रूपैयाँ रहेको छ ।

एनआईसी एसिया बैंकले कर्मचारीलाई २९ करोड १४ लाख ८८ हजार रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको ११.५३ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ५२ करोड ७९ लाख रूपैयाँ रहेको छ ।

कृषि विकास बैंकले कर्मचारीका लागि २९ करोड ८१ लाख रूपैयाँ बोनस छुटाएको छ । यो कर्मचारी खर्चको ११.४८ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ५९ करोड ७१ लाख रूपैयाँ रहेको छ ।

लक्ष्मी बैंकले कर्मचारीका लागि २४ करोड ९१ लाख ५२ हजार रूपैयाँ छुटाउको छ । यो कर्मचारी खर्चको ९.९४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ५० करोड ५६ लाख रूपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकले १५ करोड २० लाख रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको ९.८४ प्रतिशत हो । बैंकको कर्मचारी खर्च १ अर्ब ५४ करोड ५० लाख रूपैयाँ रहेको छ ।

कुमारी बैंकले २५ करोड ३० लाख रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको ८.४२ प्रतिशत हो । बैंकको कर्मचारी खर्च ३ अर्ब ५१ लाख रूपैयाँ रहेको छ ।

नेपाल बैंकले आफ्ना कर्मचारीलाई ६ करोड ५३ लाख रूपैयाँ बोनस दिने भएको छ । यो कर्मचारी खर्चको २.४७ प्रतिशत हो । बैंकको कर्मचारी खर्च २ अर्ब ६४ करोड ६४ लाख रूपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स