देशभरका इन्टरनेट सेवा अवरुद्व, भारतले काटिदियो लाइन, ३ अर्ब तिर्न बाँकी

काठमाडौं । नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्व भएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकहरुले भारतलाई रकम भुक्तानी नगरेपछि इन्टरनेट सेवा अवरुद्व हुन गएको हो ।

बिहीबार अपरान्हदेखि वर्ल्डलिंक, भायनेट, सुबिसु लगायतका सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित हुन पुगेको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् ।

यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।

नेपालले भारतबाट ब्याण्डविथ खरिद गरेर नेपालमा इन्टरनेट ल्याउने गरेको थियो। नेपालका सेवा प्रदायक र सरकारबीच विवाद रहेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस दिएको थिएन। सोहि कारण नेपालले भारतलाई पैसा तिर्न सकेको थिएन ।

नेपालले भारतलाई इन्टरनेटको ब्याण्डविथ खरिद गरे वापत करिब ३ अर्ब तिर्नु पर्ने बताईएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स