तिहारको सुरूवातसँगै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । तिहारको सुरूवातसँग (मंगलबार) छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १२ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स