करिब ४ अर्बको कारोबार हुँदा आईएमई लाइफसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ९८ हजार कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, पोखरा फाइनान्सको २१ करोड ७८ लाख, गोर्खाज फाइनान्सको १५ करोड ८० लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ करोड १७ लाख, नेपाल फाइनान्सको १० करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स