काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे १ करोड कित्ताबढी सेयर सूचीकृत भएको छ ।
बिहीबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको १०० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइनेछ ।