गरिमा विकास बैंकको नाफामा छलाङ, प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा बढी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२७.०५ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१.५८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२६.९६ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ४३.३४ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६६ करोड ११ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ९.३८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.२७ प्रतिशत बढेको छ भने कर्जा ८.०७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २८.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स