६८ हजारले पाए सामलिङ्ग पावर कम्पनीको आईपीओ, यी साइटमा हेर्न सकिन्छ

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ निष्काशन भएको छ । प्रति कित्ता १० का रुपैयाँका दरले ६७ हजार ८९० जनाले उक्त कम्पनीको आईपीहो पाएका छन् । आज बिहान सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यलयमा आईपीओ बाँडफाँट कार्यक्रम भएको हो ।

क्यापिटलकाअनुसार सामलिङ्ग पावरको आईपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएका थिए । सोमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् । योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन् ।

सर्वसाधारणलाई ७ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको हो । सोमध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आवेदन खुला गरेको थियो ।
कम्पनीको आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न तरिकाबाट आईपीओको नतिजा हेर्न सकिने छ ।

जस अनुसार सामलिङ्ग पावरको वेबसाइट, बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङलिमिटेडको वेबसाइट, सिडीएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपओिको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स