काठमाडौं । चालु आर्थिक वर्षको नेपालीको प्रतिव्यक्ति आय १४ सय ५६ अमेरिकी डलर रहने भएको छ । गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १४ सय ५ अमेरिकी डलर रहेको थियो ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखामानले नेपालीको प्रतिव्यक्ति आय सो पुग्ने प्रक्षेपण गरेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको ८ महिनाको तथ्यांकलाई आधार मानेर सो तथ्यांक प्रस्तुत गरेको कार्यालयका प्रमुख तथ्यांक अधिकृत अर्जुन पोखरेलले जानकारी दिए ।
‘आज कार्यालयमा आयोजी कार्यक्रममा उनले भने ‘गत आवकोभन्दा चालु आवको आर्थिक सूचकांकमा केहि सुधार आएको छ ।