नेप्से २५ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ८० करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कर्पोरेट डेभलपमेन्ट बैंकको १० र इन्फिनिटी लघुवित्तको ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको ८.२९%, बोटलर्स नेपाल (तराई)को ७.६२%, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२०%, पिपल्स् पावरको ६.३८%, आरएसडीसी लघुवित्तको ६.०८%, कामना सेवा विकास बैंकको ५.७४%, मन्छियम हाइड्रोपावरको ५.५८%, मुक्तिनाथ विकास बैंकको ५.५७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स