पिपुल्स पावरको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । पिपुल्स पावरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको छैठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते लिसारा ब्यांकेट नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले हकप्रद निष्काशनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

त्यसैगरि, संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने छ भने १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स