काठमाडौं । प्रभु बैंक लिमिटेडको सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका हुन् ।
कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।