तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्स, जानकी फाइनान्समा १० प्रतिशत र नेपाल फाइनान्समा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गुराँस लघुवित्तको ७.६१%, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.९९%, मान्डु हाइड्रोपावरको ६.१७%, महालक्ष्मी डिभेन्चरको ६.१२%, सिन्धु विकास बैंकको ५.४८%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ५.४२%, समृद्वि फाइनान्सको ५.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स