करिब ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ अंक विन्दुमा आइपुगेको छ ।

आज ७३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख, जानकी फाइनान्सको ९ करोड ३२ लाख, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख, मल्टीपर्पेस फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स