पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको नाफा १८ अर्ब माथि, ५ बैंक अर्ब क्लबमा

काठमाडौं । वाणिज्य बैंकहरुले पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । २७ वाणिज्य बैंकले पहिलो ३ महिनामा १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुको नाफा १४ अर्ब ६० करोड ३८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष बैकहरु २४ प्रतिशतले नाफा बढाएका छन् ।

पहिलो त्रैमासमा ५ वटा बैंकले अर्ब माथिको नाफा गर्न सफल भएको छ । २७ बैंकमध्ये २३ बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा नाफा वृद्धि गरेका छन् । ३ बैंकको नाफा भने घटेको छ ।

३ महिनामा १ अर्बभन्दा बढी मुनाफा गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् । नाफा घटाउनेमा प्राइम बैंक, प्रभु बैंक, कुमारी बैंक र नेपाल बंगलादेश बैंक रहेका छन् ।

वाणिज्य बैंकहरुमध्ये उच्च नाफा एनआईसी एशिया बैंकले कमाएको छ । पहिलो ३ महिनामा एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड १० लाख रुपैयाँ छ । बैंकले गत वर्षको तुलनामा चालु आवमा १५.६४ प्रतिशतले नाफा बढाएको छ ।

नाफाको आधारमा नबिल बैंक दोस्रो स्थानमा छ । नबिल बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएन सफल भएको छ । बैंकले गत वर्षको तुलनामा यो वर्ष ७.३९ प्रतिशतले नाफा बढाएको छ ।

तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले पहिलो ३ महिनामा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा यो वर्ष ५.०४ प्रतिशतले नाफा बढाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी सिभिल बैंकले आफ्नो कुल नाफा वृद्धि गरेको छ । सिभिल बैंकले गत वर्षको पहिलो ३ महिनाको तुलनामा नाफा २०१ प्रतिशतले वृद्धि गरेको छ ।

वाणिज्य बैंकहरुको पहिलो ३ महिनाको नाफा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स