टोटनहमका मुख्य प्रशिक्षक नुनो चार महिनामै बर्खास्त

काठमाडौं । टोटनहमका मुख्य प्रशिक्षक नुनो स्प्रिटो सान्टो चार महिनामैं बर्खास्त भएका छन् ।

शनिबार भएको लिगको खेलमा म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएसँगै सोमबार नुनोलाई बर्खास्त गरेको हो । टोटनहमले मुख्य प्रशिक्षक नुनोसहित प्रशिक्षण टिमका इयान काथ्रो, रुई बारबोसा र एन्टोनियो डियासलाई समेत बर्खास्त गरेको छ ।

चार वर्ष वुल्भ्समा बिताएका ४७ वर्षीय पोर्चुगिज गत जुनमा दुई वर्षका लागि क्लबको म्यानेजर नियुक्त भएका थिए ।

टोटनहम अहिले लिगका आठौं स्थानमा छ । टोटनहमले दस खेलबाट १५ अंक जोडेको छ । जुन शीर्ष क्लब चेल्सीभन्दा १० अंकले पछाडि हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स