काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १६ सय ७५ रूपैयाँ कायम भएको छ ।