काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसायहरूको मासिक विवरण सार्वजनिक गरेको छ । देशमा संचालित १८ जीवन बीमा कम्पनीहरूले चालु आवको चैत अन्त्यसम्म १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेको छ । बीमा कम्पनीहरूको गत आवको सोही अवधिमा यस्तो व्यवसाय १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
बीमा कमपनीहरूले (साउनदेखि चैत) अन्त्यसम्म १ करोड ३८ लाख ६६ हजार ६१५ पोलिसी जारी गरेर प्रथम बीमा २१ अर्ब ५५ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने यसै अवधिमा नवीकरण बीमा व्यवसाय गरि ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्का आर्ज गरेको हो ।
जीवन बीमा व्यवसाय गर्ने बिमकहरूले चैत महिनामा मात्रै प्रथम बीमा २ अर्ब ८१ करोड १६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नविकरण बीमा ८ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरी कुल ११ अर्ब ५७ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
बीमा कम्पनीहरूले (साउनदेखि चैत) अन्त्यसम्म १ करोड ३८ लाख ६६ हजार ६१५ पोलिसी जारी गरेर पूथम बीमाम २१ अर्ब ५४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सोहि अवधिमा नवीकरण बीमाम ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
बीमा व्यवसाय गर्ने बिमकहरूले चैत महिनामा मात्रै ४ लाख ३३ हजार १६१ पोलिसी जारी गरेर प्रथम बीमा २ अर्ब ८१ करोड ६५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवकिरण बीमाम ८ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ गरी ११ अर्ब ५७ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ ।
साउनदेखि चैत अन्त्यसम्म सबै भन्दा बढि व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले १३ लाख २३ हजार ८३१ पोलिसी जारी गरेर प्रथम बीमा ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा २ अर्ब ४६ लाख ४० लाख गरी कुल २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी बढि बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स बनेको छ । कम्पनीले प्रथम बीमा र नवीकरण बीमा १५ लाख ८९ हजार ८९६ पोलिसी जारी गरेर १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चैत महिनामा मात्रै ५१ हजार ७७७ पोलिसी जारी गरेर १ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
तेस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कम्पनीले बढि बीमा व्यवसाय गरेको देखिन्छ । बीमा व्यवसाय गर्ने सो कम्पनीले ६ लाख ८३ हजार ८६६ पोलिसी जारी गरेर प्रथम बीमा १ अर्ब ५० करोड ८७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नवीकरण बीमा ११ अर्ब ३२ करोड २३ लाख गरी कुल १२ अर्ब ८३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले चैत महिना मात्रै प्रथम बीमा र नवीकरण बीम ३ हजार ५५७ पोलिसी जारी गरेर १ अर्ब २५ करोड ३१ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सले प्रथम र नवीकरण बीमा व्यवसयमा ३ लाख ८९ हजार ९९१ पोलिसी जारी गरेर १२ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चैत महिनामा मात्रै ४ हजार ९३९ पोलिसी जारी गरेर १ अर्ब १५ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
त्यसैगरी समिक्ष अवधिमा प्रथम बीमा र नवीकरण बीमा व्यवसाय गर्ने मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७८ करोड ९५ लाख, आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड ११ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड ९२ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड २६ लाख, सिटिजन लाइफले ४ अर्ब २४ करोड ४९ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ ।
सुर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड ६६ लाख, सानिमा लाइफ इन्स्योरेन्सले ४ अर्ब २७ करोड ६९ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ६ करोड ३८ लाख रुपैयाँ, गार्डियन माईक्रो लाइपले २ करोड ४ लाख, क्रेष्ट माईक्रो लाइफले ४ करोड ८१ लाख र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १ करोड २ लाख रुपैयाँ प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।