निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन करिब ३० अर्ब, शिखर इन्स्योरेन्स पहिलो स्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ३० अर्ब बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आवको ९ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब ९९ करोड ७६ लाख बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । जुन गत आवको सोहि अवधिको तुलानामा ०.०६ प्रतिशतले कम हो । गत आवको चैत महिना सम्म निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब १ करोड बीमा शुल्क आर्जन गरेका थिए ।

चालु आवमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा ४ अर्ब २२ करोड बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलानामा १.७० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ४ अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ करोडको बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलानामा १.४९ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ अर्ब ४८ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवमा सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ८९ करोडको बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलानामा १३.७८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ३ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा शुल्क ७.०१ प्रतिशतले बढेर २ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ अर्ब ४६ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क ११.०७ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ अर्ब २९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

नेको इन्स्योरेन्सको बीमा शुल्क ५.७८ प्रतिशतले बढेर २ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

युनाइटेड अजोड इन्स्योरेन्सको बीमा शुल्क १७.४५ प्रतिशतले घटेर १ अर्ब ९७ करोड पुगेकोे छ । गत वर्ष कम्पनीले २ अर्ब ३९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

एनएलजी इन्स्योरेन्सको बीमा शुल्क १.२३ प्रतिशतले बढेर १ अर्ब ८३ करोड पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ८१ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

सानिमा जीआईसी इन्स्योरेन्सको बीमा शुल्क ७.७१ प्रतिशतले बढेर १ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ६५ करोड रूपैयाँ गरेको थियो ।

दी ओरियन्टल इन्स्योरेन्सको बीमा शुल्क ४१.३८ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ७ करोड रूपैयाँ आर्जन गरेको थियो ।

प्रभु इन्स्योरेन्सको बीमा शुल्क १४.८९ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब १५ करोड रूपैयाँ आर्जन गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क ३४.५२ प्रतिशतले घटेर १ अर्ब ३० करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब ९९ करोड रूपैयाँ आर्जन गरेको थियो ।

नेपाल इन्स्योरेन्सको बीमा शुल्क ०.४८ प्रतिशतले घटेर १ अर्ब १४ करोड रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्ब १५ करोड रूपैयाँ आर्जन गरेको थियो ।

नेशनल इन्स्योरेन्सको बीमा शुल्क १४.५२ प्रतिशतले बढेर ८७ करोड ४१ लाख पुगेको छ । गत वर्ष कम्पनीले ७६ करोड ३२ लाख रूपैयाँ आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स