सिभिल लघुवित्त संस्थाको थप ८ शाखा विस्तार

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले थप ८ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा कञ्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खुलेको शाखाहरु सहित ७४ शाखा कार्यालयहरु मार्फत ३५ जिल्लामा लघुवित्तीय सेवाहरु प्रदान गर्नेछ ।

संस्थाले यस सँगै सुदुरपश्चिम प्रदेशमा आफ्नो उपस्थिति जनाएको छ भने निकट भविष्यमा कर्णाली प्रदेशमा समेत शाखा कार्यालय विस्तार गरी लघुवित्तीय सेवाहरु प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स