काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
बिहीबार, नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ अंक विन्दुमा आइपुगेको छ ।
आज ६३ लाख १२ हजार कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, पोखरा फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, मल्टी पर्पेस फाइनान्सको ९ करोड ४० लाख, पिपल्स् पावरको ८ करोड ५९ लाख, गोर्खाज फाइनान्सको ८ करोड ६ लाख, आईएमई लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।