हस्तकला डिजाइनमा आईडियाले सघाउने

काठमाडौं । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आईडिया नेपाल) बीच सझौता भएको छ । महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य र आईडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता हुने र उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष तथा हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी गराए ।

प्रतियोगिताका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ । त्यसैगरी आइडियाले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्नेछ । नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि सझौता भएको शाक्यले बताए ।
महासंघका अनुसार उक्त सहकार्यबाट विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायमान बनाउने कार्यमा सघाउ पुग्नेछ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिक रुपमा करिब २० अर्ब रुपैयाँ बराबरको हस्तकला सामग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवनका लागि महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा विदेशी पर्यटक आउने सम्भावना नरहेको भन्दै हस्तकलाको आन्तरिक बजार विस्तारका लागि सरकारी निकायले पनि नेपाली हस्तकला सामग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजनका लागि तालिम संचालन गर्न आवश्यक बजेट उपलव्ध गराउन पनि महासंघले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स