काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ३५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १६ सय ५५ रूपैयाँ कायम भएको छ ।