सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २९ करोड ५४ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ६ लाख रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रिमियम संकलन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड पुगेको छ । कम्पनीले लगानी, ऋण र अन्य वित्तीय क्रियाकलापबाट २ अर्ब २८ करोड आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रदान गरेको दाबी भुक्तानी ५१.६७ प्रतिशतले बढेर ७ अर्ब १५ करोड पुगेको छ ।

४ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ६ करोड रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ८.६७ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १६६.३१ रुपैयाँ र पीई रेसियो ५६.८९ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स