काठमाडौं । विगत ६ कारोबारदेखि लगातार रुपमा बढ्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज घटेको छ । सोमबार नेप्से १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १.८८ अंकले घटेको छ ।
आज २२६ कम्पनीका सेयर ८० हजार ३५१ पटक कारोबार भएको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ, होटल एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसमूहका सेयर मूल्य बढेका छन् ।
मानुषी लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा र पाँचथर पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कामना सेवा विकास बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेको छ ।