सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २७ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ५ रुपैयाँ कायम भएकोमा आज ४५ रूपैयाँले घटेर १६ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स