सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै यो सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले बबरमहल काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स