एकैदिन यति धेरैले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले घटेर १ लाख ३८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले घटेर १७ सय ०५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स