नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको साढे २४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको साढे २४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको ७.७५ प्रतिशतले हुन आउने कुल २४ लाख ४५ हजार ३५७.९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स