साढे २ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ९३ हजार कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सर्वोतम सिमेन्टको ७ करोड ८८ लाख, पिपल्स् पावरको ७ करोड १९ लाख, रुरु जलविद्युतको ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स