‘खुसीको रिचार्ज’ अफर अन्तर्गत डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा बोनस अफर

काठमाडौं । डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नेछन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्ने छन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सकिने छ ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्ने छन् उति पैसा वोनस स्वरुप पाउने छन् । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै बोनस प्राप्त गर्ने छन् । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्र्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने छन् । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स