सिटिजन्स बैंकको खुद नाफा खुम्चियो

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्मको सञ्चालन मुनाफा बढेपनि कर रकम बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.२५ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २७.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा ५.२३ प्रतिशत बढेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ८९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १ रुपैयाँ ८९ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ पैसा घटेर ११ रुपैयाँ ३७ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९८ पैसा रहेको छ।

१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स