लक्ष्मी सनराइजको नाफा १ अर्ब ६१ करोड, ईपीएस कति?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरिमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा खासै वृद्धि हुन सकेन । बैंकको नाफा सामान्य मात्रै बढ्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ । सोा कारण बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब पुगेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ १८ पैसा ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

गत वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब ११ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स