सिउरी न्यादी पावरले ३ करोड ३ लाख कित्ता सेयर निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

बिहीबार सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाइँले हस्ताक्षर गरेका छन् ।

न्यादी पावरले प्रति किता एक सय रुपैयाँको दरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर निष्कासन गर्दैं छ । उक्त सेयरको तीन अर्ब तीन करोड साठ्ठी लाख अठहत्तर हजार चार सय रुपैयाँ बराबरको सेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यो भन्दा अघि पनि कोषले धेरै कम्पनीहरुसँग प्रत्याभूतिको कार्य गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स