काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रभु इन्स्योरेन्स लिमिटेड र सूर्य ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
जसमा, प्रभु इन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७३७.४७ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ७७२.५० रुपैयाँ कायम थियो ।
त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४५७.७४ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ५०४.७० रुपैयाँ कायम थियो ।
योसँगै, अब आइतबार समायोजित मूल्य अनुसार यी दुई कम्पनीको सेयर कारोबारमा आउनेछ ।