एभरेष्ट बैंकको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा छलाङ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफामा वृद्धि र इम्पेरिमेन्ट चार्जको लागि कम रकम छुट्याउदा बैंकको नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.९९ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १०.८६ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १.९८ प्रतिशतले मात्र बढेको छ । बैंकको निक्षेप २.३२ प्रतिशत बढेको छ भने कर्जा ६.१३ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ ।
बैंकको मूल्य आम्दानी अनुपात २७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स