वाणिज्य बैंकहरुले सरकारलाई कर तिर्नका लागि छुटाए १९ अर्ब ६४ करोड, नबिलको सबैभन्दा बढी

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म २० वटा वाणिज्य बैंकहरूले करका लागि साढे १९ अर्ब बढी छुटाएका छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्म बैंकहरूले १९ अर्ब ६४ करोड ४७ लाख रूपैयाँ सरकारलाई आय कर तिर्नका लागि छुटाएका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म सबैभन्दा बढी कर छुटाउनेमा नबिल बैंक रहेको छ । बैंकले सरकारलाई तिर्नको लागि १ अर्ब ९७ लाख रूपैयाँ कर छुटाएको छ । दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले १ अर्ब ३७ लाख रूपैयाँ छुटाएको छ ।

त्यस्तै, अन्य बैंकहरुमा नेपाल बैंकले ९४ करोड ५४ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, स्टरयान्डर्ड चाटर्ड बैंकले ८९ करोड ५५ लाख रूपैयाँ सरकारलाई तिर्नका लागि कर छुटाएका छन् ।

हिमालयन बैंकले ९७ करोड ३४ लाख, नेपाल एसबीआई बैंकले ४५ करोड ७३ लाख, एभरेष्ट बैंकले ९८ करोड २९ लाख, एनआईसी एसिया बैंकले ९७ करोड ९५ लाख, माछापुच्छ्रे बैंकले ६४ करोड ६० लाख, कुमारी बैंकले १ अर्ब २४ करोड, लक्ष्मी सनराइज बैंकले ७८ करोड रूपैयाँ छुटाएको छ ।

सिद्वार्थ बैंकले ७४ करोड, कुषि विकास बैंकले ७६ करोड ९२ लाख, सिटिजन्स बैंकले ५२ करोड ६६ लाख, प्राइम बैंकले १ अर्ब २३ करोड, एनएमबी बैंकले ७९ करोड ९८ लाख, प्रभु बैंकले १ अर्ब २१ करोड र सानिमा बैंकले ६६ करोड २९ लाख रूपैयाँ कर सरकारलाई तिर्नका लागि छुटाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स