ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भने, हरित अर्थतन्त्रकोबारेमा चर्चा गर्न ढिला भयो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत हरित अर्थतन्त्रकोबारेमा चर्चा गर्न ढिला भइसकेको बताएका छन् । मन्त्री बस्नेतले बुधबार काठमाडौंमा आयोजना गरिएको ‘ग्रीन हाइड्रोजन संवाद’ कार्यक्रममा उहरित अर्थतन्त्रकोबारेमा चर्चा गर्न ढिलो भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘हरित अर्थतन्त्रकोबारेमा बृहत् छलफल गर्नु आवश्यकता छ ।’ विकाससँगै हरित अर्थतन्त्रको विषय पनि अगाडी बढाउनु पर्नेमा उनको बताए । ‘कुनै बेला हामीले विकासका पूर्वाधारहरूको बारेमा चर्चा गर्‍यौ । बिस्तारै सामाजिक, वातावरणीय पक्षमा पनि चर्चा हुन थाल्यो । हरेक विषयमा हरित अर्थतन्त्रको कुरा जोडिएको हुन्छ । यसको महत्त्व बिस्तारै बढ्दै गएको छ ।’

मन्त्री बस्नेतले भने । ‘जलवायु परिवर्तनले नेपालमा धेरै नै नकारात्मक असर परेको समेत छ । यसले गर्दा पनि हरित अर्थतन्त्र विशेष सरोकारको विषय बन्न पुगेको छ । ‘जुन देशले आफूसँग उपलब्ध भएको स्रोतको सही ढंगले सदूपयोगग गर्न सक्दैन त्यो देशको समृद्धिका यात्रामा प्रभाव पर्छ । हामी जलस्रोतको धनी देश भनिरहेका छौं । यसलाई व्यवस्थित तरिकाले सदुपयोग गर्ने हो भने आर्थिक विकासमा टेवा पुग्नेछ’ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स