काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय रुपन्देहीले ८६ करोड १८ लाख रुपैयाँ बिगो दाबी सहित २८ जनालाई ठगीको आरोपमा मुद्दा दायर गरेको हो ।
१८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथि छ । यद्यपि सो मुद्दामा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छैन। उनलाई छलेर सरकारी वकिलको कार्यालयले मुद्दा दायरा गरेको हो । तर, उनको नाममा २ करोड रुपैयाँ निकासा भएको अभियोग पत्रमा उल्लेख छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको छ । रकम अपचलन गर्ने कम्पनीमा रवि लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ । यो सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ ।