साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख २३ हजार कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीवाईसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानिमा माई हाइड्रोपावरको ६ करोड ९१ लाख, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ६ करोड ५० लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स