काठमाडांै । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले शपथग्रहण गरेका छन् । कम्पनीको २०८० साल चैत २७ गते मंगलबार सम्पन्न साधारणसभाबाट उनी अध्यक्षमा नियुक्त भएका थिए ।
आज आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथग्रहण गरेका हुन् ।
शपथग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।